राजनीति

[राजनीति][bsummary]

नयाँ खबर________________________________________________________________________

प्रचण्ड नेतृत्वको सरकारले अपराध कर्ममा संलग्न सबैलाई दण्डित गर्छ ः सांसद दाहाल

बुद्ध नेपाली 


सिन्धुली, २७ साउन । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले वर्तमान सरकारले अपराध कर्ममा संलग्न, अवसर र अख्तियारको दुरुपयोग गर्ने जो कोहीलाई पनि दण्डित गर्ने बताउनुभएको छ । 

आज सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटगाट कार्यक्रम बोल्दै प्रतिनिधिसभा सदस्य दाहालले दोषी कोही नछाड्ने निर्दोष कोही नपर्ने गरी अपराध कर्ममा संलग्न सबैलाई दण्डित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को सरकारका सम्बन्धित निकायहरुलाई ठाडो निर्देशन रहेको बताउनुसभयो । 

उहाँले स्वतन्त्र, दबाव र प्रभाव नराखी राज्यका संवैधानिक निकायहरुलाई परिचालन गर्ने हो भने उनीहरु अपराध र अपराधीको जरा सम्म पुग्छन भन्ने विश्वासले सरकारले एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको बताउनुभयो । 

सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धान गर्न दक्षता र विज्ञतामा सीआईबीको विकल्प अरु कुनै निकाय वा संयन्त्र नहुने उहाँको दावी छ । 

उहाँले संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारलाई एक सय किलो सुन तस्करी प्रकरणको जरा सम्म पुग्न नदिन अनुसन्धान कार्य प्रभावित गर्ने गलत नियतले संसदमा अवरोध गरेको आरोप समेत लगाउनुभयो । 

उहाँले सुन तस्करी प्रकरणमा अनुसन्धानमा दोषी देखिए आफ्नो पार्टीको भनेर कोही कसैलाई उन्मुक्ति दिने कार्य प्रधानमन्त्रीबाट नहुने जिकिर गर्नुभयो ।  


No comments:

Post a Comment

सिन्धुली खबर

[सिन्धुली खबर][bigposts]

स्थानीय सरकार

[स्थानीय सरकार][bigposts]

प्रदेश सरकार

[प्रदेश सरकार][bsummary]

अर्थ खबर

कर्पोरेट

[कर्पोरेट][twocolumns]

सेयर बजार

[सेयर][bsummary]

बैंकिङ

[बैंकिङ][bigposts]

कृषि

[कृषि][bigposts]

खेलकूद

[खेलकूद][twocolumns]

स्वास्थ्य

[स्वास्थ्य][bsummary]

विचार

सम्पादकीय

[सम्पादकीय][twocolumns]

विश्व

[विश्व][bigposts]

समाज

[समाज][bsummary]