राजनीति

[राजनीति][bsummary]

नयाँ खबर________________________________________________________________________

सिन्धुलीको मरिणमा जनश्रमदानबाट करिव १० किलोमिटर सडक मर्मत

बुद्ध नेपाली



सिन्धुली, २७ साउन । सिन्धुलीको मरिण गाउँपालिका वडा नं. १ जाने सडक जनश्रमदानबाट मर्मत गरिएको छ । 

गएको केहि दिन देखि परेको अविरल बर्षाका कारण गएको पहिरो तथा खहरे बाढीले भत्किएर अवरुद्ध भएको मरिण गाउँपालिकाको वडा नम्बर २ को गर्दुवा हुदै वडा नम्बर १ को खलंगा सम्म जाने सडक जनश्रमदान मार्फत मर्मत गरिएको हो । 


जनश्रमदान मार्फत गर्दुवा – खलंगा सडकको विभिन्न ठाउँमा खसेको पहिरो र रुखहरु पन्छाइएको, जाली भर्ने र सरसफाई गरिएको वडा नंं १ का वडा अध्यक्ष हिरा बहादुर गुर्मछानले बताउनुभयो । 

मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान, उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, सात वटै वडाका वडाअध्यक्ष सहितका जनप्रिितनिधिहरु, कर्मचारी, प्रहरी, शिक्षक लगाएत स्थानिय नागरिकहरुको जनश्रमदानमा करिव १० किलो मिटर सडक मर्मत गरी यातायात सुचारु गरिएको छ ।  


श्रमदान पछि बोल्दै मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले सबै एकजुट भएर श्रमदान गरे बजेट विना पनि विकास गर्न सकिने बताउनुभयो । 

उहाँले यस अघि बर्षाका कारण क्षति भएका सडकहरु गाउँपालिकाको बजेट खर्च गरेर मर्मत गरिदै आएको भए पनि यो बर्ष भने श्रमदानबाटै मर्मत गर्ने योजना रहेको बताउनुभयो । 


No comments:

Post a Comment

सिन्धुली खबर

[सिन्धुली खबर][bigposts]

स्थानीय सरकार

[स्थानीय सरकार][bigposts]

प्रदेश सरकार

[प्रदेश सरकार][bsummary]

अर्थ खबर

कर्पोरेट

[कर्पोरेट][twocolumns]

सेयर बजार

[सेयर][bsummary]

बैंकिङ

[बैंकिङ][bigposts]

कृषि

[कृषि][bigposts]

खेलकूद

[खेलकूद][twocolumns]

स्वास्थ्य

[स्वास्थ्य][bsummary]

विचार

सम्पादकीय

[सम्पादकीय][twocolumns]

विश्व

[विश्व][bigposts]

समाज

[समाज][bsummary]