राजनीति

[राजनीति][bsummary]

नयाँ खबर________________________________________________________________________

रेशम किराको खेती गर्न हरिहरपुरगढीमा किम्बुको विरुवा रोपियो


सिन्धुली, १५ भदौं । रेशम किराको खेती गर्ने उदेश्यले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा किम्बुको विरुवा रोपिएको छ । 

रेशम किराको खेती गरी युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यले हरिहरपुरगढी गाउँपालिकाले बाझो जमिनमा किम्बुको विरुवा रोपेको हो । 

आज प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को उपस्थितीमा हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ को विभिन्न बाझो जमिनमा किम्बुको विरुवा रोपेर बृहत वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ । 

बृहत वृक्षारोपण कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न ठाउँको बाझो जमिनमा २ लाख किम्बुको विरुवा रोप्ने लक्ष्य रहेको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाले जानकारी दिनुभयो । ‘


गाउँपालिकाका युवाहरुलाई स्वरोजगार बनाउन रेशमको धागो उत्पादन गर्ने उदेश्य रहेको छ । धागो उत्पादन गर्न रेशम किराको खेती गर्नु पर्छ र त्यो किरालाई आहारको रुपमा किम्बु खेती गर्नु पर्ने भएकाले किम्बुको विरुवा रोप्न सुरु गरिएको हो’ अध्यक्ष वाईबाले भन्नुभयो । 

गाउँपालिकाको धेरै भन्दा धेरै बाझो जमिनमा रेशम किराको खेती गरी रेशम धोगो उत्पादन गर्ने उद्योग स्थापना गर्न सके युवाहरुलाई गाउँमै स्वरोजगार बनाउन सकिने प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले बताउनुभयो ।


हरिहरपुरगढी गाउँपालिकालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्न रेशम किराको खेतीले पनि मद्धत पुग्ने प्रतिनिधिसभा सदस्य दाहालले बताउनुभयो । 

बृक्षारोपण कार्यक्रममा भुमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राई, मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मुक्तान, प्रमख प्रशासकीय अधिकृत दातराम प्याकुरेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई, स्थानिय जनप्रतिनिधि, बुद्दिजिवि, युवाहरु लगायतको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment

सिन्धुली खबर

[सिन्धुली खबर][bigposts]

स्थानीय सरकार

[स्थानीय सरकार][bigposts]

प्रदेश सरकार

[प्रदेश सरकार][bsummary]

अर्थ खबर

कर्पोरेट

[कर्पोरेट][twocolumns]

सेयर बजार

[सेयर][bsummary]

बैंकिङ

[बैंकिङ][bigposts]

कृषि

[कृषि][bigposts]

खेलकूद

[खेलकूद][twocolumns]

स्वास्थ्य

[स्वास्थ्य][bsummary]

विचार

सम्पादकीय

[सम्पादकीय][twocolumns]

विश्व

[विश्व][bigposts]

समाज

[समाज][bsummary]