राजनीति

[राजनीति][bsummary]

नयाँ खबर________________________________________________________________________

गाउँटोलमै पुगेर सेवा दिँदै हरिहरपुरगढी गाउँपाालिका, एकै दिन दुई सय बढीले सेवा लिए


बुद्ध नेपाली

सिन्धुली, ६ भदौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले गाउँटोलमै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको छ ।  


गाउँपालिकाले एकीकृत घुम्ती सेवा मार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो । 


कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै नागरिकहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँवाट समाधान गर्ने प्रयास गरेको गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले बताउनुभयो । 


पालिकाले वडा तहमै पुगेर सेवा प्रवाह गर्न थालेपछि स्थानीयहरु पनि खुसी भएका छन् । मरिणखोला पारी रहेका तीन वटा वडाहरुलाई लक्षित गरेर गाउँपालिकाले बुधवार देखि एकिकृत घुम्ती शिविर सुरु गरेको छ ।


गाउँपालिकाका अरु वडाहरुमा पनि एकिकृत घुम्ति शिविर संचालन हुने जनाईएको छ । एकिकृत घुम्ती शिविरमा कृषि सेवा, पशु उपचार सेवा, स्वास्थ्य सेवा, अपाङ्ग परिचय पत्र वितरण, सामाजिक सुरक्षा भत्ता वितरण र व्यवसाय दर्ता तथा नविकरण लगाएतका सेवाहरु प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दाताराम प्याकुरेलले बताउनुभयो । 


हरिहरपुरगढी गाउँपालिकाका वडा नम्बर – ७ को क्वाटरमा भएको घुम्ती शिविरबाट दुई सय भन्दाबढी नागरिकहरुले सेवा लिएका छन् । 


शिविरमा ३० जना पशु पालन गर्ने कृषकले गाउँपालिकाले यही आर्थिक बर्षबाट नविनतम कार्यक्रमको रुपमा सुरु गरेको पशुको कृत्रिम गर्भाधान सेवा लिएका छन् । 


त्यस्तै १० जनालाई अपाङ्ग परिचयपत्र, ५८ जनालाई स्वास्थ्य सेवा, १ सय ७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले जानकारी दिनुभयो । 


२५ जना कृषकको खेत बारी अनुगमन गरी धान खेतमा देखिएका पात बेरुवा, काँडेदार खपटे लगायतका किरा तथा मरुवा, फेद कुहिने रोगहरुको पहिचान गरि विषादी वितरण गरिएको उहाँले बताउनुभयो । यसरी वडाबाट नै सेवा पाउँदा नागरिकहरु अत्यन्तै खुसी भएका छन् । 


एउटा कुनै सानो कामले पालिकामा जानु पर्दा घण्टौं समय लाग्ने गरेको भन्दै यसरी गाउँमै आएर सेवा दिंदा निकै खुसि लागेको स्थानिय नागरिकको भनाई छ । 


गाउँपालिका उपाध्यक्ष चेख वहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरेल, वडा न.७ का वडा अध्यक्ष बिच बहादुर मुक्तान लगायत बिषयगत शाखा प्रमुखहरुको उपस्थितीमा शिविर संचालन गरिएको हो । 


No comments:

Post a Comment

सिन्धुली खबर

[सिन्धुली खबर][bigposts]

स्थानीय सरकार

[स्थानीय सरकार][bigposts]

प्रदेश सरकार

[प्रदेश सरकार][bsummary]

अर्थ खबर

कर्पोरेट

[कर्पोरेट][twocolumns]

सेयर बजार

[सेयर][bsummary]

बैंकिङ

[बैंकिङ][bigposts]

कृषि

[कृषि][bigposts]

खेलकूद

[खेलकूद][twocolumns]

स्वास्थ्य

[स्वास्थ्य][bsummary]

विचार

सम्पादकीय

[सम्पादकीय][twocolumns]

विश्व

[विश्व][bigposts]

समाज

[समाज][bsummary]