सिन्धुली जिल्लाका ९ (नौ) वटा स्थानीय तहहरु मध्ये मरिण गाउँपालिकाले राष्ट्रिय परिचयपत्रको फारम वडा कार्यालयहरुबाट भर्ने
मरिण बैशाख २६, मरिण गाउँपालिकाकले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको समन्वय र मरिण गाउँपालिकाको विशेष पहलकदमीमा राष्ट्रिय परिचय पत्र प्राप्तिको प्रोजनार्थ मिति २०८०।०१।२४ गते देखि मरिण गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुबाट नै राष्ट्रिय परिचय पत्रको प्रि-इन्रोलमेन्ट फारम भर्ने व्यवस्था मिलाईएको व्यहोरा जानकारी गराईन्छ ।
गाउँपालिका अन्तर्गतका आम नागरिकहरुलाई छिटो, छरितो, विना झन्झट, चुस्त, पारदर्शी एवं नागरिकमैत्री तवरले सेवा प्रवाह गर्नु तथा सोको सहजीकरण गर्नु गाउँ कार्यपालिका कार्यालयको प्रमुख दायित्व हो । सोही कुरालाई हृदयङ्गम गर्दै सिन्धुली जिल्लाका ९ (नौ) वटा स्थानीय तहहरु मध्ये मरिण गाउँपालिकाले राष्ट्रिय परिचयपत्रको फारम वडा कार्यालयहरुबाट नै भरी सोको प्राप्तिलाई सहज बनाउन पहिलो सुरुवात गरेको छ । तसर्थ राष्ट्रिय परिचयपत्रको लागि विवरण प्रविष्टि गर्न बाँकी रहेका आम नागरिकहरुले देहायका आवश्यक काजगजातहरु संलग्न गरि आ-आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सबै जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, समाजसेवी तथा बुद्धिजीवी लगायतका सरोकारवालाहरुले सहजीकरण गरिदिनु हुन विशेष अनुरोध छ ।
आवश्यक कागजातहरु
- नेपाली नागरिकता प्रमाणपत्रको सक्कल,
- बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्रको सक्कल
- नागरिकतामा पति पत्नीको नाम नखुलेको विवाहित व्यक्तिको हकमा विवाह दर्ता विवाह प्रमाणित / नाता प्रमाणितको सक्कल,
- नागरिकतामा जन्म मिति नखुलेको हकमा जन्म मिति खुल्ने आधिकारिक प्रमाणपत्र (जन्म दर्ता, शैक्षिक प्रमाण पत्र, राहदानी, पेन्सन पट्टा) को सक्कल,
- विवरण पुष्टि गर्ने अन्य कागजातहरुको सक्कल ।
पुनः आम नगरिकहरुले ध्यान दिनु पर्ने विशेष कुराहरु
- फारम भरेको सोही दिन वा ७ (सात) दिन भित्र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको कोठा नं. १०५ मा सिधै सम्पर्क गर्ने,
- फारम भरेका नागरिकको फारम कथम्कदाचित् हराउन गएमा ३० (तीस) दिन भित्र वडा कार्यालयमा सम्पर्क गरि पुनः प्रिन्ट प्राप्त गर्न सकिनेछ । तर फारम भरेको ३० (तीस) दिन पछिको हकमा प्रिन्ट प्राप्त गर्न नसकिने भएको हुँदा आवश्यक कागजातहरुको सकल संलग्न गरि पुनः वडा कार्यालयमा सम्पर्क गर्ने,
- वडा कार्यालयमा कार्यरत फारम भरिदिने कर्मचारीले रुजु गरेको दस्तखत र छाप लगाएर मात्र जिल्ला प्रशासन कार्यालयमा जाने..
- वडा कार्यालयमा फारम भरिसके पछि जिल्ला प्रशासन कार्यालयमा वायोमेट्रिक लिने काम मात्र हुने हुँदा शीघ्र सेवा प्राप्त गर्न सकिने ।
Good job
ReplyDelete