हरिहरपुरगढी गाउँपालिकामा खोलाले बगाएर छोराको मृत्यु, आमा वेपत्ता
हरिहरपुरगढी गाउँपालिका ६ रागेचुलीका २८ बर्षका राजकुमार गोलेको खोलाले बगाएर मृत्यु भएको हो । उनका आमा ५७ बर्षकी माया गोले तीन देखि बेपत्ता भएका छिन् ।
गएको भदौं ७ गते आमा माया र छोरा राजकुमार घरभन्दा करिब १ किलोमिटर उत्तर पुर्वमा रहेको ब्रमठाकुर सामुदायिक वनमा घाँस काट्न गएका थिए ।
आज (शनिवार) सम्म आमा छोरा घर नफर्केपछि स्थानिय र प्रहरीले खोज तलास गर्नेक्रममा हरिहरपुरगढी गाउँपालिका ६ को क्यानखोला र खड्कुलेखोलाको दोभानमा छोरा राजकुमारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनका आमा मायाको खोजी कार्य भईरहेको सिन्धुलीका प्रहरी निरिक्षक केशव कटुवालले जानकारी दिनुभयो ।
No comments:
Post a Comment