अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सिन्धुली सामुदायिक टेक्निकल इन्ष्टिच्युटमा वृक्षारोपण
a'4 g]kfnL
सिन्धुली, २७ साउन । आज अन्तर्राष्ट्रिय युवा दिवस, सिन्धुलीमा वृक्षारोपण गरेर मनाइँएको छ ।
दिवसको अवसरमा प्रदेश युवा परिषद बागमतीको सहयोग र जिल्ला युवा समिति सिन्धुलीको आयोजनामा सिन्धुली सामुदायिक टेक्निकल इन्ष्टिच्युटको प्राङ्गण वरिपरी वृक्षारोपण गरिएको हो ।
प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल(राजन) को उपस्थितीमा गुल्मोर, चन्दन, अम्बा, अमला लगाएत विभिन्न जातका फलफुल र सजावटका करिव ३ सय ५० वटा विरुवाहरु रोपिएको जिल्ला युवा समिति सिन्धुलीका अध्यक्ष हेम कुमार कार्कीले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रम पछि संक्षिप्त प्रक्रिया दिदै प्रतिनिधिसभा सदस्य दाहालले स्वदेशमै वृहत रोजगारीको सिर्जना गरी युवाहरुको वेरोजगारी समस्याको दिर्घकालिन समाधान गर्ने दिशामा वर्तमान सरकार अघि बढेको बताउनुभयो । ‘दक्ष जशक्ति उत्पादन र देशमै खपत गर्ने वर्तमान प्रचण्ड नेतृत्व सरकारको मुख्य उदेश्य हो । देशमा रहेको उलेख्य युवा जनसंख्यालाई अधिकतम उपयोग गरेर देशको विकास र समृद्धिको यात्रा पुरा गर्ने अवसर छ । यसको सरकारले सदुपयोग गर्छ ।’ प्रतिनिधिसभा सदस्य दाहालले भन्नुभयो ।
सिन्धुलीका नौ वटै स्थानिय तहहरुले विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाउदैछन् । युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि विश्वभर युवा दिवस मनाउन थालिएको हो ।
नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलोपटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो ।
वृक्षारोपण कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्की, सिन्धुली सामुदायिक टेक्निकल इन्ष्टिच्युटका प्राचार्य अम्बरदिप देवकोटा, सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष अच्युतम् ढकाल, विभिन्न विद्यालयका शिक्षकहरु लगाएत युवा र युवासँग सरोकार राख्ने संघसंस्था, व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
No comments:
Post a Comment