राजनीति

[राजनीति][bsummary]

नयाँ खबर________________________________________________________________________

सिन्धुलीका ८ स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतहरुको माग वडाघ्यक्षलाई कारवाहि गर्न

मरिण, १९ असार । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु प्रसाद पौडेल माथि हातपात गर्ने वडाअध्यक्षलाई कारवाही गर्न सिन्धुलीका अन्य स्थानिय तहमा कार्यरत प्रमुख प्रशासकिय अधिकृतहरुले माग गरेका छन् । जिल्लाका आठ पालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुले संयुक्त विज्ञप्ती मार्फत गम्भिर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन् । 

राष्ट्रसेवक कर्मचारीको रुपमा कर्तव्य निर्वाहको क्रममा गत असार १४ गते प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि वडा नम्बर २ का वडा अध्यक्ष दौलत कार्कीले गरेको हातपात,अभद्र व्यवहार तथा अपमानजनक शब्दहरु प्रयोग गरेको घटना प्रति जिल्लाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले संयुक्त विज्ञप्ती मार्फत आपत्ति तथा घोर भत्र्सना गरिएको मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जीले बताउनुभयो । 

विज्ञप्तीमा भनिएको छ ‘कानुलाई हातमा लिई कर्तव्य निर्वाहको क्रममा एक राष्ट्रसेवक कर्मचारीप्रति भएको अभद्र,अपमानजनक व्यवहार एवम् साङ्घातिक हमला तथा अपाराधिक क्रियाकलापको घोर निन्दा गर्दछौँ ।’ 

कुनै पनि विवाद र समस्याको सन्दर्भमा आफ्नो फरक मत,विचार प्रक्रियागत तथा कानुनसम्म ढंगबाट स्वतन्त्रतापूर्वक राख्ने सरोकारवाला निकायहरु हुँदा हँुदै उल्लेखीत अवाञ्छित क्रियाकलाप कानुनत दण्डनीय भएको तथा कानुनलाई हातमा लिने छुट कोहि कसैलाई पनि नभएको भन्दै सो घटनाको सत्य तथ्य छानबीन गरी दोषीलाई कारबाही गर्न विज्ञप्ती मार्फत सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई अपिल गरिएको छ । 

अन्यथा घटनालाई राजनितिक रंग दिई अतिरन्जित बनाई बिभिन्न बाहानामा दोषीलाई उम्काउने प्रयास र कार्य भएमा अन्य चरणबद्ध रुपमा अवलम्बन गर्न बाध्य हुने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

No comments:

Post a Comment

सिन्धुली खबर

[सिन्धुली खबर][bigposts]

स्थानीय सरकार

[स्थानीय सरकार][bigposts]

प्रदेश सरकार

[प्रदेश सरकार][bsummary]

अर्थ खबर

कर्पोरेट

[कर्पोरेट][twocolumns]

सेयर बजार

[सेयर][bsummary]

बैंकिङ

[बैंकिङ][bigposts]

कृषि

[कृषि][bigposts]

खेलकूद

[खेलकूद][twocolumns]

स्वास्थ्य

[स्वास्थ्य][bsummary]

विचार

सम्पादकीय

[सम्पादकीय][twocolumns]

विश्व

[विश्व][bigposts]

समाज

[समाज][bsummary]