सिन्धुलीमा कार दुर्घटना हुँदा २ को मृत्यु
मरिण, १७ बैशाख । सिन्धुलीमा कार दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जना गम्भिर घाईते भएका छन् ।
आईतवार विहान विपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ पिपलभज्यांङमा बा ८ च ९१३५ नम्बरको कार सडकबाट तल खसी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो । कार काठमाडौंबाट सिन्धुली तर्फ आउनेक्रममा दुर्घटना भएको हो ।
प्रहरी नायव उपरिक्षक चिरञ्जीवि दाहालको टोली घटनास्थलमा पुगेर घाईतेको उद्धारगरी उपचारका लागि सिन्धुली अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक राज कुमार सिलवालले जानकारी दिनुभयो ।
No comments:
Post a Comment