राजनीति

[राजनीति][bsummary]

नयाँ खबर________________________________________________________________________

मरिण गाउँपालिकाले भैँसीको पाडी र्फिता पठायो

मरिण, ५ बैशाख । सिन्धुलीको मरिण गाउँपालिकाले किसानलाई अनुदानमा बाड्न ल्याएको भैँसीको पाडी फिर्ता पठाएको छ । 

नवप्रवर्धन साझेदारी कोष अन्तरगत उन्नत जातको भैँसी पालन कार्यक्रमका लागि पाडी ल्याउने ठेक्का हात पारेको सर्लाहीको हजारीया २ मा रहेको साना किसान कृषि सहकारी संस्थान लिमिटेडले सम्झौताको मापदण्ड पुरा नभएका भैँसीको पाडी ल्याए पछि गाउँपालिकाले सहकारीलाई नै पाडी फिर्ता पठाएको हो । 

दुधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ बागमती प्रदेश सरकार र मरिण गाउँपालिकाको दुईपक्षीय सम्झौतामा नवप्रवद्र्धन साझेदारी कोष अन्तरगत उन्नत जातको भैँसी पालन कार्यक्रम मरिण गाउँपालिकामा चालु आर्थिक बर्षमा संचालन भइरहेको छ । 

सोही कार्यक्रमका लागि कुल ६६ लाखमा न्यूनतम २ सय ५० किलो भन्दा माथिको १ सय २० ओटा उन्नत जातको भैँसीको पाडी उपलब्ध गराउने गरी साना किसान कृषि सहकारी संस्थान लिमिटेडले ठेक्का लिएको छ । 

ठेक्का अनुसार सहकारीले मंगलवार २२ ओटा पाडी मरिण गाउँपालिका ल्याई पुराएको थियो । तर चेकजाँच गर्दा १२ ओटा पाडी ठेक्का सम्झौतामा उल्लेख गरिएको भन्दा सानो भएपछि किसानलाई वितरण नगरी सहकारीलाई नै पाडी फिर्ता पठाईएको मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले बताउनुभयो । 

ठेक्का सम्झौता अनुसार मापदण्ड पुरा भएका १० ओटा मात्रै भैँसी छानेर १० जना किसानलाई वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मुक्तानको भनाई छ । 

मरिण गाउँपालिकाले भैँसी पालनबाट किसानको जिवनस्तर उकास्न र पालिकालाई दुघमा आत्मनिर्भर बनाउन वडा नं. ६ र ७ मा १ सय २० ओटा उन्नत जातको भैँसी वितरण गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताउनुभयो । 

गाउँपालिकाको पशु पालन तर्फको यस बर्षकै निक्कै महत्वपुर्ण यस उन्नत जातको भैँसी वितरण कार्यक्रम अन्तर्गत वडा नं. ६ का ६० र वडा नं. ७ का ६० गरी १ सय २० जना किसानलाई पाडी वितरण गरिने उहाँले बताउनुभयो । 

ठेक्का लिएको सहकारीले पहिलो चरणमै मापदण्ड नपुगेका पाडी ल्याएकाले मापदण्ड नपुगेका पाडी फिर्ता पठाएर ल्याउन बाँकी १ सय १० ओटा पाडी मापदण्ड पुरा गरेका मात्रै ल्याउन आग्रह गरिएको उहाँले बताउनुभयो । 

No comments:

Post a Comment

सिन्धुली खबर

[सिन्धुली खबर][bigposts]

स्थानीय सरकार

[स्थानीय सरकार][bigposts]

प्रदेश सरकार

[प्रदेश सरकार][bsummary]

अर्थ खबर

कर्पोरेट

[कर्पोरेट][twocolumns]

सेयर बजार

[सेयर][bsummary]

बैंकिङ

[बैंकिङ][bigposts]

कृषि

[कृषि][bigposts]

खेलकूद

[खेलकूद][twocolumns]

स्वास्थ्य

[स्वास्थ्य][bsummary]

विचार

सम्पादकीय

[सम्पादकीय][twocolumns]

विश्व

[विश्व][bigposts]

समाज

[समाज][bsummary]